वीरगञ्जमा डा. केसीको जीवन रक्षाको माग गदैँ प्रदर्शन


वीरगञ्ज ,२१ असोज । चिकित्सक, अधिकारकर्मी, विभिन्न सामाजिक संघ संस्था र राजनीतिक दलमा आवद्ध व्यक्तिहरुले वीरगञ्जको घण्टाघरमा अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागीहरुले डाक्टर केसीका माग पूरा गर, डाक्टर केसीको अनशन माफियालाई टेनसन, लुटतन्त्र बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

जसपाका युवा नेता ओम प्रकाश सर्राफले डाक्टर केसीको जायज माग पूरा गर्न सरकारलाई दबाव दिने उद्देश्यले प्रदर्शन गरिएको बताए । ‘आम गरिब जनताका छोराछोरी पनि डाक्टर बन्न सकुन्, उपत्यका बाहिर पनि सरकारी मेडिकल कलेज खुलोस् भनेर डाक्टर केसी अनशनमा बसेका छन् । तर सरकारले सुनिरहेको छैन, यसले सरकार मेडिकल माफियाको कब्जामा रहेको प्रष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्