बेलबारीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि : संक्रमित संख्या ५४ पुगीयो


बेलबारी ,१९ असोज । बेलबारीमा आज एक जना ब्याबसायिलाई कोरोना पोजेटिभ देखिएको छ ।

बेलबारी ३ का ३५ बर्षीय युवामा कोरोना पुष्टि भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताएका छन् ।

नोवेल मेडिकल कलेजमा आइतवार ति युवाको कोरोनाको परिक्षण गरेको थियो ।

आज थपिएको एक जना सक्रमितसहित बेलबारीमा सक्रमितको सख्या ५४ पुगेको छ । जसमा ४३ जनाले कोरोनालाई जितेका छन भने २ जनाको मृत्यु भएको छ ।  ९ जना भने सत्रिय सक्रमित भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । यस्तै बेलबारीमा सोमवार ३० जनाको पिसिआर परिक्षण गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्