बनेपा, १९ असोज । काभ्रेको धुलिखेल अस्पतालमा थप दुई जना पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
बनेपा नगरपालिका–१३ का ४६ वर्षीय पुरुषको आइतबार दिउँसो र काठमाडौं सिनामंगलका ७७ वर्षीय पुरुषको बिहान उपचारको क्रममा आइतबार ज्यान गएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले बताएका छन् ।
यस्तै चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि काभ्रेको रोशी गाउँपालिकाको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । रोशी गाउँपालिका कार्यालयमा कार्यरत चार जना कर्मचारीमा कोरोना पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले जनाउका छन् ।