नेकपा अध्यक्ष ओली र दाहाल बीच छलफल


काठमाडौं, १६ असोज । बालुवाटारमा आज (शुक्रबार) प्रधानमन्त्री एवम् सत्ताररूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भईरहेको छ ।

सरकारले हिजो (बिहीबार) सिफारिस गरेका राजदूत, मुख्य सचिव नियुक्ति र मन्त्रिमण्डल पुनर्गठनबारे दुई अध्यक्षबीच छलफल जारी रहेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताएका छन् । बिहान १० बजेदेखि नै दुई अध्यक्षबीच छलफल चलिरहेको उनले बताएका छन् ।

बिहीबार बसेको मत्रिपरिषद् बैठकले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मीलाई राजदूतमा सिफारिस गरेको छ ।

पार्टीमा परामर्श र सल्लाह नै नगरी राजदूत सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय र स्थायी समितिका सदस्य प्रधानमन्त्री ओलीप्रति असन्तुष्ट देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्