काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ६४७ जनामा कोरोना भाइरस संक्रमण, ८२३ जना निको


काठमाडौं, ६ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४७ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने ८२३ जना निको भएका छन् ।

उपत्यकाका तीन जिल्लामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानएका छन् ।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म ४८ हजार ०६१ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार १५४ जनाको पिसिआर परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्