सहयोगी हात संस्थाले मनाए ५ औँ संविधान दिवस


बेलबारी, ३ असोज । बेलबारीमा सहयोगी हात संस्थाले नेपालको राष्ट्रिय झन्डा रोप्ने तथा दीप प्रज्वलन गरेर ५ औँ संविधान दिवस मनाएको छ । आज संस्थाको तेस्रो वार्षिक जन्म उत्सव परेको कारण संविधान दिवस मनाउनुको साथै राहत वितरण कार्यक्रम पनि गरेका छन् ।
वाड नं. २ का विपन्न, अपांग तथा असहाय ९ पारावीरलाई राहत वितरण गरेको संस्थाले जनाएको छ । संविधान दिवस भने वाड नं. २ स्थित लालभित्ती चोकमा नेपालको झन्डा रोपेर साँझ नेपालको झन्डा अंकित संविधान दिवस लेखी नक्सामा दीप प्रज्वलन गरी मनाएको संस्थाका सदस्य विवेक श्रेष्ठले जनाए ।

प्रतिक्रिया दिनुहोस्