केराबारीमा तेस्रा फडेन्द्र तिम्सिना स्मृति कप हुने


बिराटचोक – पौष १ गते देखी मोरङको केराबारीमा तेस्रा फडेन्द्र तिम्सिना स्मृति कप जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । मा.वि स्तर फुटबल प्रतियोगितामा मोरङका १४ विद्यालयले भाग लिने आयेजक अनेरास्वियु सार्वजनिक मा.वि कमिटीले सोमवार पत्रकार सम्मेलन गरेर जनाएको छ ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद ४० हजार दोस्रो पुरस्कार २० हजार सहित सिल्ड मेडल तथा प्रमाण पत्र प्रदान गरिने सार्वजनिक मा.वि कमिटीका अध्यक्ष अनुप खतिवडाले पत्रकार सम्मेलनमा जानकारी दिए । पौष १ देखी ८ गते सम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा ५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । २०३८ सालमा महेन्द्र बहुमुखी क्यामपस विराटनगर तिम्सिनाको हत्या गरिएको थियो ।

स्वीयू चुनावमा झगडा हुँदा गोली हानि उनको हत्या गरिएको थियो । उनकै सम्झनामा एमाले निकट अनेरास्वियुले बिभिन्न कार्यक्रम गर्दै आइरहेको छ । प्रतियोगिताको समापनमा फडिन्द्रका भाइ कवि तिम्सिनालाई समेत सम्मान गरिने अनेरास्वियू मोरङका उपाध्यक्ष सन्तोष घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्