मेयर सुवेदी : असार अगाडि नै विकास निर्माणका काम सकिन्छन्


बेलबारी / नगरपालिकाले विकास निर्माण गर्नका लागि ७४ वटा उपभोक्ता समिति बनाएको छ । आर्थिक वर्ष सकिन लाग्दा मात्रै उपभोक्ता समितिहरू बनाउन तँछाडमछाड गर्ने प्रचलन अन्त्य गर्दै नगरपालिकाले विकास निर्माण गर्नका लागि उपभोक्ता समितिहरू बनाइसकेको जनाएको छ ।

‘हामीलाई अघिल्लो वर्षकै विकास निर्माणले पाठ सिकाएको छ’, मेयर ज्ञानेन्द्र सुवेदीले भने, ‘काम भयो कि भएन भनेर अनुगमन गर्ने समयमा सम्झौता गर्ने चलन छ ।’ बर्खाको समयमा हतारमा काम गर्ने प्रचलनको अन्त्य गर्नका लागि समयमै उपभोक्ता समितिहरू बनाएको उनले बताए । उनले राम्रो काम गर्ने वडालाई सम्मान गर्ने समेत बताए ।

सुवेदीले भने, ‘हामी वडालाई मात्रै होइन उपभोक्ता समितिलाई समेत सम्मान गर्छां। उनले उपभोक्ता समितिका पदाधिकारीहरूलाई मेरो घरको छेउमा यस पटक नै बाटो पु¥याउनु पर्छ भन्ने अडान नलिन समेत निर्देशन दिए । ‘गुणस्तरीय काम गर्नुहोस् अर्को वर्ष तपाईँका घर घरमा सडक पुग्छ बिजुली पुग्छ, खानेपारि पुग्छ’, उनले भने, एक वर्ष ढिलो हँुदा केही बिग्रँदैन तर राम्रो काम भएन भने चाहिँ बिग्रन्छ ।’

आर्थिक वर्ष सकिन लाग्दा मात्रै काम गर्ने भनेर सम्झौता गर्न आउने गरेकाले विकासमा धक्का पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताए ।
नगरपालिकाले आर्थिक वर्ष ०७५/०७६ का लागि पुँजीगततर्फ ३३ करोड ५२ लाख १२ हजार तथा चालु खर्चतर्फ ४६ करोड ५० लाख २ हजार बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्