काठमाडौं, २१ भदौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल अहिले क्वारेन्टाइनमा बसेका छन् । परिवारका एक सदस्यमा कोरोना भाइरस संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकाल क्वारेन्टाइनमा बसेका हुन ।
मन्त्री ढकालका अनुसार ३ दिनअघि परिवारका एक सदस्यमा संक्रमण देखिएपछि उनी क्वारेन्टाइनमा बसेका हुन । उनले भने ‘आज ३ दिन भयो, चिकित्सकको सल्लाहअनुसार ७ दिनमा परीक्षण गर्ने कुरा भएको छ’ । उनले क्पारेन्टिनबाटै मन्त्रालयको काम गरिरहेको समेत बताएका छन् ।