अढाई लाखमै बने यति सुन्दर घरहरू


बेलबारी , २० भदौ । बेलबारी नगरपालिकाले नगरभित्र स्थायी बसोबास गर्ने विपन्न तथा असहाय १ सय १ परिवारलाई घर निर्माण गरिदिएको छ। अत्यन्तै कमजोर आर्थिक अवस्था भएका आफ्ना नागरिकहरूका लागि नगरपालिकाले पूर्ण रूपमा निशूल्क घर तयार गरिदिएको छ। बेलबारी नगरपालिका,सहारा नेपाल र ह्याविटेड नेपालको सहकार्यमा नगरपालिकाले घरहरू निर्माण गरेको हो।

पहिलो चरणमा नगरभित्रका तीन वटा वडाहरू वडा नं ३,४ र ११ मा घरहरू निर्माण गरिएको उपमेयर ढाकाकुमारी पराजुलीले बताइन् ।पराजुलीका अनुसार वडा नं ३ मा ४० घर,वडा नं ४ मा २० ओटा,वडा नं ११ मा ४० ओटा र वडा नं १० मा १ गरी जम्मा १०१ वटा घरहरू बनेको पराजुलीले बताइन् । नगरपालिकाले पहिलो चरणमा गरिब, असहाय, एकल, दलित तथा पिछडा वर्गहरूका लागि निर्माण गरेका घरहरू बनाइरहँदा स्वयं लाभग्राहीहरू नै चिटिक्क परेका घरहरू निशूल्क पाउँदा निकै हर्षित हुनुहुन्छ। उहाँहरूले पटक पटक जनप्रतिनिधि र स्थानीय सरकारलाई धन्यवाद दिनुभएको छ।यसर्थ पनि यो कार्यक्रम निकै प्रभावकारी छ। यस कार्यक्रमलाई नगरपालिकाले आउने बर्सहरूमा पनि निरन्तरता दिन्छ-उपमेयरले भनिन् ।

जटिल आर्थिक अवस्था झेल्दै लामो समयदेखि घर बनाएर बस्न नसक्ने परिवारहरूलाई घर दिन सफल भएकोमा पराजुलीले खुसी समेत व्यक्त गरिन् ।बेलबारी नगरपालिका र सहारा ह्याविटेड नेपालको त्रिपक्षीय लगानी सम्झौतामा निर्मित आवास नगरपालिकाको १ लाख ५० हजार,सहारा नेपाल ह्याविटेड नेपालको १ लाख गरी जम्मा २लाख ५०हजार मा सम्पन्न भएका छन् ।

नगरपालिकाको स्टिमेट् अनुसार प्रत्येक घर बरन्डा र तीन ओटा कोठा र गाडा निलो रङ्को टिनको छानो रहेका छन् । सुरुमा सहारा नेपाल र ह्याविटेड नेपालसँग सम्झौता हुँदा त अढाई लाखमा कस्तो घर बन्ने होला भनेर खुब चिन्ता लागेको थियो।तर अहिले बनिसकेका घरहरू हेर्दा आनन्द लाग्छ,ताकि,यति सुन्दर घरहरू अढाई लाखमै बने।

त्यसो त गुणस्तर र पारदर्शिताका लागि हामीले नगरपालिकाको पाटोबाट पटक पटक मिहिन ढंगले अनुगमन गर्‍यौँ,समिति,सहयोगी संस्थाले निगरानी गरिरह्यो, घरधनीहरू आफैँ लागेर फिनिसिङ/कलरमा विभिन्न डिजाइन गर्नु भा छ।साह्रै आकर्षक देखिएका छन् घरहरू-अनुगमनमा पुगेकी उपमेयरले भनिन् ।

 

प्रतिक्रिया दिनुहोस्