महाराजगञ्जमा पाँच प्रहरीमा कोरोना संक्रमण


काठमाडौं, ७ भदौ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएका कर्तव्य ज्यान मुद्दाका एक जना आरोपीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गोंगबुमा २४ वर्षीय लक्ष्मण तामाङको चक्कु प्रहार गरी भएको हत्यामा संलग्न अभियुक्तलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

अभियुक्तलाई संक्रमण देखिएपछि गरिएको कन्ट्याक ट्रेसिङका आधारमा पाँच प्रहरीमा पनि संक्रमण देखिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् । संक्रमित सुरक्षाकर्मीहरूलाई नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको ज्ञवालीले बताए ।

अभियुक्तलाई भने नेपाल मेडिकल कलेज, जोरपाटी भर्ना गरिएको छ । वृत्तका डिएसपी रोशन खड्काले संक्रमित प्रहरी उपचाररत भए पनि सेवा प्रवाह भने नरोकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्