काठमाडौँ , १७ माघ । नेपाल टेलिभिजन इटहरीको शुक्रवार उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले स्वतन्त्र प्रेस मैत्री कानुनका लागि कुनै आन्दोलन गर्नु नपर्ने बताए ।
कानुनहरू सबै लोकतान्त्रिक बन्ने भन्दै उनले सानातिना न्यान्द्रो समातेर कराउन नपर्ने टिप्पणी गरे । उनले भने ‘कानुनहरू लोकतान्त्रिक हुन्छ, एउटा त्यान्द्रो समातेर धेरै कराउनुपर्दैन छलफलका ठाउँ बाँकी छ । छलफल हुन्छ सञ्चारमन्त्री बास्कोटाले रहर लागेमात्रै जुलुस निकाल्न आग्रह गरे । ‘कुनै जुलुस निकाल्न पर्दैन,रहर लागेको छ भने निकाल्नू, जे जे मा जुलुस निकाल्छु भन्नुभएको छ, त्यो केही पनि गर्नुपर्दैन, हामी आफ्नो तरिकाले सबैभन्दा उन्नत किसिमको कानुन बनाउँछौँ ।’
पत्रकारिता क्षेत्रप्रति आक्रोशित रूपमा प्रस्तुत भएका सञ्चारमन्त्री बास्कोटाले पत्रकारिता क्षेत्र छुट्टै धातुले बनेको भनी प्रश्न गरे ? अहिले संविधान संशोधन नगरी प्रेस विरोधी कानुन नै ल्याउन नसक्ने भन्दै उनले भने ‘संविधान त्यही जारी राखेर कसरी प्रतिगामी बनाउँछ ?’ पत्रकारको जाँच लिने भन्नेवित्तिकै लोकतन्त्र खतरामा र्पयो भनेर टिप्पणी भएको भन्दै मन्त्री बास्कोटाले जाँच दिएर हामी सक्षम छौँ भन्न सकिन्न ? भन्दै प्रश्न गरे । ‘लोकतन्त्र खतरामा कहाँ र्पयो भने सक्षमता मापनको प्रश्न आएपछि’ उनले टिप्पणी गरेका छन् ।
          

                                                            
                        
                    