वडा नं. ४ को शानदार जित : वडा नं. १० लाई ४-२ गोलले हरायो


बेलबारी । मोरङको बेलबारी नगरपालिका-६ स्थित बोराबाँध खेलमैदानमा जारी अन्तरवडास्तरीय भेट्रान फुटबल प्रतियोगिता-२०८३ को उद्घाटन खेलमा वडा नं. ४ ले वडा नं. १० लाई ४-२ गोलले पराजित गरेको छ ।

कात्तिक १४ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा वडा नं. ४ ले उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गर्‍यो । वडा नं. १० ले भने दुई गोलमा सीमित हुँदै हार व्यहोरेको हो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. ४ का सुक्रराज राई उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताको औपचारिक उद्घाटन कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले गरेका हुन् । भेट्रान खेलाडीबीच प्रतिस्पर्धा गराउँदै स्थानीयस्तरमा खेलकुद गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताअन्तर्गत आइतबार वडा नं. ६ र वडा नं. ५ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्