विराटनगर । किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशनबाट युवराज राईको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । विराटनगरमा सम्पन्न महाधिवेशनबाट सहअध्यक्षमा जनक राई र अर्जुन जम्नेली राई चयन भएका छन् ।
त्यसै गरी उपाध्यक्षमा भीमराज राई, परशुराम राई, कृष्णकुमार राई, सुमन राई, मातृका राई, नगेशचन्द्र राई र गणेश खालिङ चयन भएका छन् । महासचिवमा मञ्जु सोताङ राई निर्वाचित भएकी छन् । उपमहासचिवमा पर्शु विराट राई, राजु एन राई, मिना कुमारी राई, भोगीराज राई र प्रमीला राई चयन भएका छन् ।
त्यस्तै सचिवमा छिला राई, मनोज बान्तावा राई, मानभगत राई, सीताकुमारी राई, प्रकाश दुमी राई, मुकुन्द राई र सञ्जय राई चयन भएका छन् । कोषाध्यक्षमा डेकिन्द्र राई चयन भएका छन् । सहकोषाध्यक्षमा भने रत्नदेवी राई चयन भएकी छन् ।
महाधिवेशनबाट केन्द्रीय सदस्यमा जीतकुमार राई, खिलराज राई, सञ्जय सन्तोषी राई, तारा राई, बिर्सिका राई, ज्ञान किराती, रामचन्द्र राई, अनिता राई, होमबहादुर राई, अनीश पुमा राई, जीतेन्द्र साम्पाङ राई, रोहितकुमार राई, विष्णु देवास राई, चन्द्रकुमार राई, थगेन्द्रराज राई, शोभित राई, गंगा राई, टीकाराम राई, रामध्वज राई, अशोक राई, सीताकुमारी राई, मोहन राई, सुदीप राई (दोस्नीहाङ), गणेश साम्पाङ राई, मनोजकुमार राई (भद्रगोल किराती), भूपेन्द्र राई (भूपाल चाम्लिङ), शान्तादेवी राई (किरात राई कुलुङ संघ), बाबुराम साम्पाङ राई, भविशंकर राई र सुरेशकुमार राई चयन भएका छन् ।


