नेपाली काँग्रेसद्वारा अफताव आलमप्रति श्रद्धाञ्जली : तीन दिन पार्टी झण्डा आधा झुकाइने निर्णय


काठमाडौँ । नेपाली काँग्रेसले पूर्व केन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनप्रति गहिरो शोक व्यक्त गर्दै तीन दिनका लागि पार्टी झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको आकस्मिक बैठकले स्व. आलमप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको निधनले पार्टी र देश दुवैलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ । बैठकले कार्तिक २२, २३ र २४ गतेसम्म पार्टीका सबै तहका कार्यालयमा झण्डा आधा झुकाइने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यसै गरी, पार्टीले कार्तिक २३ गते केन्द्रदेखि प्रदेश र जिल्लासम्मका सबै कार्यालय बन्द राख्ने निर्णयसमेत गरेको छ । साथै, स्व. आलमको सम्झनामा १३ दिनसम्म शोक पुस्तिका राखिने र सम्बन्धित जिल्लामा शोकसभा आयोजना गरिने काँग्रेसले जनाएको छ ।

बैठकले दिवंगत नेता आलमप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्