मेयर साम्पाङको अन्तरिम सरकारप्रति प्रश्न : “यो सरकार कसको हो ?, विदेशीको हो भने भन्दिनु परो !”


धरान । धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङले अन्तरिम सरकारलाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अहिलेको सरकारप्रति कटाक्ष गर्दै यसको चरित्रबारे स्पष्ट पार्न माग गरेका हुन् ।

साम्पाङले लेखेका छन्, “अहिलेको सरकार बेद्रोहीको हो कि पुरानै दलहरूको ?” उनका अनुसार यदि यो सरकार बेद्रोहीको हो भने हालैको आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीको सम्पूर्ण जिम्मेवारी लिनुपर्नेछ । तर, यदि यो सरकार पुराना दलहरूको निरन्तरता हो भने विगतमा आन्दोलनका क्रममा मारिएका ७४ जनाको हत्याको जबाफदेही बन्नु पर्नेछ ।

त्यसै गरी उनले सरकार विदेशी शक्तिको प्रभावमा रहेको भए त्यसबारे पनि स्पष्ट पार्नुपर्ने माग गरेका छन् । साम्पाङले अन्तरिम सरकारको आधार र जबाफदेहितामाथि प्रश्न उठाउँदै नेपाली जनताले सत्य थाहा पाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्