च्याउ खेती तालिम सुरु


बेलबारी / बेलबारी २ मा मगलबार देखी च्याउ खेती सम्बन्धी तालिम सुरु भएको छ ।

५६ जना सहभागी रहेको तालिममा च्याउ खेती गर्ने तरिका,च्याउका प्रकार लगायतका बिष्यमा प्रयोगात्मक सहित तालिम दिन थालिएको छ ।सहभागीहरूलाई बेलबारी नगरपालिका कृषि शाखाका प्रमुख रुद्र प्रसाद फुयाँलले सहजिकरण गरिरहेका छन् ।

२६ गते सम्म चल्ने तालिममा १४ वटा टोल विकास संस्थाका ५६ जना कृषकको सहभागिता रहेको छ । उक्त तालिमको आयोजना हरि नारायण टोल महिला विकास समितिले गरेको छ । बेलबारी नगरपालिका वडा न.२को सहयोगमा उक्त तालिमको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्