मोरङमा ६४ जना सहित आज ८६ संक्रमित थपिए : प्रदेश १ अपडेट


विराटनगर, ३१ साउन । प्रदेश १ मा आज ८६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, सुनसरीमा १९, ते¥हथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १९ महिला २१ पुरुष, रंगेलीमा ३ महिला ६ पुरुष, धनपालथानमा ५ महिला, जहदामा १ महिला २ पुरुष, सुन्दरहरैचामा २ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, ग्रामथान, सुनबर्षीमा १–१ पुरुष र कानेपोखरीमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै सुनसरीको धरानमा २ महिला ९ पुरुष, रामधुनीमा ५ पुरुष, बर्जुमा ३ पुरुष, ते¥हथुमको म्याङलुङ, ओखलढुङ्गाको सिद्धिचरण र उदयपुरको त्रियुगामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज सम्म कोरोना संक्रमित हुनेको संख्या १ हजार ९ सय ७ पुगेको छ ।  प्रदेश १ मा आज १ हजार ९ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३२ महिला र ५४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय अन्त्रगतको कोभिड १९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समिति संयोजक डा.सरोज विशालले बताउनुभयो ।

प्रदेश १ मा आज सम्म ६४ हजार ५ सय ९९ जनाको पीसीआर परिक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्