सुरक्षाकर्मी तथा बैकका कर्मचारीको कोरोना रिपोट नेगेटिभ : बेलबारी अपडेट


बेलबारी, ३१ साउन / बेलबारी नगरपालिकाले फ्रन्ट लाइनमा खटिएर काम गर्ने सहित होलडिङ एरियामा बसेका ७७ जनामा गरिएको कोरोना परीक्षणमा सबैको नेगेटिभ आएको छ ।

बेलबारीका बैक, सुरक्षाकर्मी, होलडिङ एरियामा बसेका ७८ जनाको २८ गते उनीहरूको स्वाब संकलन गरेर बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा लगेको थियो ।

उनीहरू सबैको रिर्पाेट नेगेटिभ आएको स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताउनु भयो । यस्तै नगरपालिकाले संक्रमितका परिवार तथा उनी सँग घुलमिल भएकाहरूको समेत परीक्षण गरेको छ । उनीहरूको रिपोट भने आएको छैन ।

प्रतिक्रिया दिनुहोस्