सिसौली युवा समूहद्वारा खाद्यान्न सामग्री तथा लुगाकपडा सहयोग


अशोक गुरुङ –
बेलवारी ३१ साउन । बेलवारी नगरपालिका १ मा रहेको सिसौली युवा समूहले केराबारी गाउँपालिका ९ बेलचौरी स्थित श्याम दर्जीलाई दोस्रो चरणमा खाद्यान्न सामग्री तथा लुगाकपडा सहयोग गरेको छन् ।

स्थायी रूपमा बसोबास गर्दै आएका दर्जीलाई खाद्यान्न तथा लुगा कपडा अभाव भए पछि रोमन राईको नेतृत्वमा शुक्रबार चामल, दाल, साबुन, तेल, चपल, चाउचाउ, डसना, सिरानी, कम्बल हस्तान्तरण गरेको हो ।

दाउरा बेचेर एक छोरा र छोरीको जीविकोपार्जन गर्न समस्या परेको खबर कोशी नेपालबाट सम्प्रेषण भएपछि बेलवारी १ का निशान राई र युट एलाईस २०७७ का साहान राईद्वारा सहयोग प्रदान भएको हो ।

निशानले आफ्नो जन्मदिनको अवसरमा यसरी सहयोग गर्न पाउँदा धेरै नै खुसी भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्