ड्रिमल्यान्ड फनपार्कद्वारा २५ भन्दा बढी संस्थालाई माक्स तथा फेस शिल्ड वितरण (भिडियो)


बेलबारी, ३१ साउन । ड्रिमल्यान्ड फनपार्क प्रा.लिले कोरोना भाइरसको कहरमा पनि अग्रस्थानमा रहेर आफ्नो भूमिका निर्वाह गर्नेहरूलाई माक्स तथा फेस शिल्ड वितरण गरेको छ । बेलबारी वाड नं. ३ मा रहेको ड्रिमल्यान्डले शुक्रवार २५ वटा संस्था भन्दा बढीलाई माक्स तथा फेस शिल्ड वितरण गरेको हो ।

फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, प्रहरी र पत्रकारलाई सुरक्षाको लागि माक्स तथा फेस शिल्ड वितरण गरेको सञ्चालक विजय सुवेदीले बताएका छन् ।
यस विषम परिस्थितिमा आफू सुरक्षित रहेर अरूलाई पनि सुरक्षा दिन सबैमा सुवेदीको आग्रह रहेको छ ।

आफ्नो स्वास्थ्य जोखिममा राखेर फ्रन्टलाइनमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने स्वास्थ्यकर्मी, प्रहरी र पत्रकारलाई सुवेदीले धन्यवाद व्यक्त गरेका छन् ।

https://youtu.be/TpSCw_O5wK4

प्रतिक्रिया दिनुहोस्