समृद्ध राष्ट्र निर्माण तथा वातावरण संरक्षणमा युवाहरूको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न


काडमाण्डौँ, २८ साउन । युनिर्भस पिस सेमिङ गुरु नेपाल फाउन्डेसन र लभिजम युनिभर्सल फोरमको संयुक्त आयोजनामा समृद्ध राष्ट्र निर्माण तथा वातावरण संरक्षणमा युवाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भर्चुअल लाइभ विधिमा अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व मन्त्री श्रीप्रसाद जवेगु समृद्ध राष्ट्र निर्माणको लागि वैदेशिक रोजगारको मोह अन्त्य गर्नु पर्ने बताएका छन् । नेपाली युवाहरूको उर्वर उमेर र श्रम सोस्तो मूल्यमा विदेशमा बिक्री भइरहेको छ । तर नेपालमा भने युवा जनशक्तिको अभाव रहेको जवेगुले बताए । विदेशमा सोस्तो मूल्यमा श्रम बेचिनु भन्दा नेपालमानै प्रयोग गर्नु पर्ने जवेगुको मत रहेको छ । सरकारले नेपाली युवा जनशक्तिको स्वादेशमानै सही सदुपयोग गर्न सके राष्ट्र समृद्ध र वातावरण संरक्षण गर्न सकिने जवेगु बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि तथा अधिवक्ता, प्रोफेसर एवं अर्थशास्त्री श्रीराम बहादुर राईले युवाहरू उद्यम शील बन्न पर्नेमा जोड दिएका छन् । युवाहरू कामको खोजीमा रुमलिनु भन्दा कामको सृजनामा लाग्नु राईको आग्रह रहेको छ । राई भने, “नेपाली युवाहरू जब सीकर हैन जब कृयटर बन्न जरुरी छ ।” जोकोही युवाहरू सृजनशील बने कामको खोजीमा भौँतारिनु नपर्ने उनको मत रहेको छ । जोकोही उद्यमी बन्न सक्ने उनले बताए ।

कार्यक्रममा रिजोइन गुरु, हेवेन्ली पाथ भारतका अध्यक्ष जि.के याङ्मा, नेपाली काङ्ग्रेस पाँचथरका सभापति नरेन्द्र कुमार केरुङ, अधिवक्ता चुरामणि भुसाल लगायतको उपस्थिति रहेको थियो । वैदेशिक रोजगार भन्दा स्वदेशमा नै श्रम गर्नु पर्ने र स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु पर्ने अन्तर्क्रियामा वक्ताहरूको साझा मत एक रहेको थियो ।

कार्यक्रमको सञ्चालन हेभेन्ली पाथ दार्जिलिङका महासचिव शंकर मुखियाले गरेका थिए भने युनिर्भस पिस सेमिङ गुरु नेपाल फाउन्डेसनका अध्यक्ष सेमिङ गुरुको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्