सरस्वती श्रेष्ठलाई उपचारार्थ रकम रु.१ लाख ५० हजार हस्तान्तरण


अशोक गुरुङ –

बेलवारी, २८ साउन । बेलवारी नगरपालिका १ मा रहेको रोमन राईले पाँचथर हाङवाङ गाउँपालिका ५ कि १६ वर्षीय सरस्वती श्रेष्ठलाई रु.१ लाख ५० हजार रकम सहयोग प्रदान गरेको छ ।

साँगा हस्पिटल रेप सेन्टर बनेपामा उपचाररत श्रेष्ठलाई राईले संकलन गरेको रकम आज दिउँसो प्रदेश नं १ का सांसद कुलप्रसाद सावाँ र समाजसेवी शान्ति पार्खिङ गुरुङले हस्तान्तरण गरेको हो ।

४ वर्ष अगाडि बाख्रा चराउने क्रममा लडेर मेरूडण्ड भाँचिएपछि आर्थिक अभावको कारण घरमै बस्दै आएको राईले जानकारी दिएका छन् । समाजसेवी शान्तीले पीडितको बारेमा जानकारी गराएपछि १० दिनभित्र सो रकम सङकलन गरेको राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्