सिसी क्यामेरा जडान तालिम सम्पन्न


बेलबारी / बेलबारी नगरपालिकाको आयोजना तथा इस्ट नेपाल टेक्निकल कलेजको प्राविधिक सहयोगमा गरिएको सिसी क्यामेरा जडानको एक कार्यक्रमका बिच आज समापन गरिएको छ ।

बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले तालिमको समापन गर्दै नगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्न विभिन्न खालका तालिमको आयोजना गरिएको बताएका छन् ।

एक वडा एक प्राविधिक उत्पादन गर्ने गरी नगरपालिकाले तालिमहको आयोजना गरिएको उनले बताए । प्रबिधिमैत्रि नगरकारुपमा बेलबारीलाई विकास गरिने उनले बताए । ३ दर्जन भन्दा बढी सहभागी तालिममा २१ दिन सम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्