सिसौली युवा समूहद्वारा श्याम दर्जीलाई खाद्यान्न सामग्री सहयोग


अशोक गुरुङ –

बेलवारी, २७ साउन । बेलवारी नगरपालिका १ मा रहेको सिसौली युवा समूहले केराबारी गाउँपालिका ९ बेलचौरी स्थित श्याम दर्जीलाई आज खाद्यान्न सामग्री सहयोग गरेका छन् ।

स्थायी रूपमा बसोबास गर्दै आएका दर्जीलाई खाद्यान्नको अभाव भए पछि रोमन राईको नेतृत्वमा चामल,दाल,साबुन,तेल हस्तान्तरण गरेको हो ।

दाउरा बेचेर एक छोरा र छोरीको जीविकोपार्जन गर्दै आएको तर कोरोना कोभिड १९ को कारण लकडाउनले गर्दा जीवन चलाउन समस्या परेको दर्जीले बताएका छन् ।

राईले भने घरमै आएर दर्जीको छोराछोरीले समस्या बताए पछि सहयोग गर्दै आएको बताए । सहयोगी हातहरूलाई पनि राईले सहयोगको अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्