गोंगबुमा सुटकेसमा फेला परेको शवको पहिचान खुल्यो


काठमाडौं, २६ साउन । बीभत्स अवस्थामा सुटकेसमा काठमाडौँको गोंगबुमा फेला परेको शवको पहिचान भएको छ । उक्त शव दाङका कृष्णबहादुर बोहराको भएको खुलेको छ ।

प्रहरीका अनुसार बीभत्स गरी हत्या गरेर सुटकेसमा हालेर फालिएको अवस्थामा फेला परेको शवको पहिचान गर्न नसकेपछि तस्बिर सार्वजनिक गरिएको थियो । सोही तस्बिरको आधारमा पहिचान खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार सुटकेभित्र टाउको तर खुट्टा विनाको शव भेटिएको हो । कुकुरको सहयोगमा टाउको र खुट्टा ३ सय मिटरको फरकमा भेटिएको थियो । कृष्णबहादुर बोहरा नयाँ बजार क्षेत्रको एक उद्योगमा काम गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्