लालभित्ती बचत तथा ऋण सहकारीको १२ औँ वार्षिक साधारसभा सम्पन्न


अनिल बराल, बेलबारी । मोरङको बेलबारी –२ मा रहेको लालभित्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

शनिवार सहकारीले रमिते सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा साधारण सभा सम्पन्न गरेको हो । सहकारीका अध्यक्ष सिताराम नेउपानेको सभापतित्व र जिल्ला बचत तथा सहकारी सङ्घ मोरङका अध्यक्ष हरि सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको विशेष अतिथिका रूपमा बेलबारी वडा २ का वडाध्यक्ष घनश्याम गौतम रहेका थिए ।

कार्यक्रममा सञ्चालक समितिको तर्फबाट प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्ययोजना सहकारीका सचिव राजु परियारले प्रस्तुत गरेका थिए । त्यस्तै आ.व.२०७४÷७५ को आर्थिक प्रतिवेदन कोषाध्यक्ष भूपाल बस्नेतले र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सञ्जीवकुमार धिमालले प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने बचत तर्फ २ जना र ऋण कारोबार तर्फ २ जनालाई पुरस्कृत गरिएको थियो भने संस्थाका ज्येष्ठ सदस्य २ जनालाई सम्मान पनि गरिएको थियो ।

सचिव राजु परियारले सञ्चालन गरेको कार्यक्रममा सदस्य सान्तिला डाँगीले स्वागत मन्तव्य राखेकी थिइन । २०६३ सालमा स्थापन भएको सहकारीमा जम्मा ५ सय ३९ जना शेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्