बेलबारीमा कोरोना संक्रमितको संख्या ६ जना पुग्यो


बेलबारी, २३ साउन । बेलबारी नगरपालिकामा बिहीबार एकै दिनमा दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बेलबारी वडा नं. ३ का ३० वर्षका र वडा नं. २ का ४२ वर्षका दुई पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

वर्ष ३० का पुरुष भारतबाट साउन १३ गते घर फर्केर बेलबारी क्वारेनटाइनमा बसेका थिए । उनको स्वाब परीक्षणको लागि धरान स्थित वि.पि स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । स्वाब परीक्षणको रिर्पाेट पोजेटिभ आएको स्वास्थ्य शाखाले बिहानै जानकारी गराएको थियो ।

प्रदेश १ प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट थप ४० वर्षका पुरुषमा पनि रिर्पाेट पोजेटिभ आएको बेलबारी स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखाका सन्तोष विश्वकर्माका अनुसार न्यूरो अस्पताल, विराटनगर उनको दाजुलाई उपचारको लागि गएका थिए ।

उक्त अस्पतालका डक्टरमा कोरोना संक्रमण पुष्टि भए पछि शिल गरिएको थियो भने ट्रेसिङको आधारमा उनको पनि गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको सन्तोषले बताए । यस अघि पनि बेलबारीका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ४ जना निको भएर घर फर्किसकेको सन्तोषले जनकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्