राजेश खत्री –
बेलबारी, १८ साउन । – राष्ट्रिय राजनीतिक, ऐतिहासिक मोडबाट गुज्रिरहेको र परिवर्तनका उपलब्धिहरूलाई संस्थागत गर्दै समृद्ध नेपाल निर्माणको अगुवाइ गर्ने युगिन अभिभारा नेपाली काँग्रेसको काँधमा आएको विशेष परिस्थितिमा हुनलागि रहेको महाधिवेशन कति महत्त्वपूर्ण छ भन्ने कुराको चर्चा मैले गरिराख्नु पर्दैन ।
नेपाली काँग्रेसले शान्ति, लोकतन्त्र, परिवर्तन, राष्ट्रियता एवम् राष्ट्रिय एकता जस्ता मूल्यहरूको प्रतिनिधि गर्छ । यो पार्टी कमजोर हुँदा कसरी हिसाँका पक्षधरहरू बलियो बने, अधिनायकवादले कसरी शिर उठायो, मुलुक यथास्थितिको चक्रव्यूह र प्रतिक्रमणको भुमरीमा फस्यो, राष्ट्रिय एकता खलबलिने गरी कसरी जातीय– क्षेत्रीय अतिवादी फस्टायो, राष्ट्रिय एकता कमजोर बन्न पुग्यो, कसरी भ्रष्टाचार मौलायो, हत्याहिंसा, कालोबजारी, अपहरण, बलात्कार जस्ता सामाजिक अपराधहरू चुलिँदै छ, यी निकट घटना व्रmमलाई नेपाली काँग्रेसले बिर्सेको छैन यसका लागि नेपाली काँग्रेसको आन्तरिक सङ्गठनलाई सु–सङ्गठित गर्दै पार्टीको आन्तरिक जीवनलाई जीवन्तता कायम गरी सिंघो राष्ट्रिय राजनीतिकै लागि योगदानको भूमिका निर्वाह गरी पार्टीको साथ र कार्यकर्ताको आशा र गौरवलाई उच्च राख्न सक्ने नेतृत्व छनोटको जिम्मेवारी यस महाधिवेशन सँग जोडिएको छ ।
अर्को नीति र नेतृत्व निर्माणको सर्वोच्च मञ्च महाधिवेशनबाट सही निर्णय गर्न सक्दा कसरी पार्टीले सङ्कटपुर्ण मोडमा पनि राजनीतिलाई सही दिशा बोध गर्न सक्छ, कसरी यस देशमा प्रजातन्त्रको स्थापना, पुनः स्थापना, राष्ट्रिय स्वाधीनता, एकता, हिंसात्मक राजनीतिको अन्त्य, जनहित विरोधी शासन र शासकको निर्मलीकरण, लोककल्याणकारी, सुशासन, शान्ति, सहकार्य र एकताको बीजारोपणका प्रणेता, महामानव वि.पी कोइराला, लोहा पुरुष गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई, शिखर पुरुष गिरिजाप्रसाद कोइराला, संविधानका पिता सुशील कोइराला लगायत विभिन्न प्रजातान्त्रिक नेताहरूको राजनीतिक इतिहास र भूमिकाको बारेमा हेक्का राख्नु जरुरी छ भने महाधिवेशनले यस्ता अभिभारा सही ढङ्गले पुरा गर्न नसक्दा पार्टीसँगै राष्ट्रिय समेत सङ्कटमा फस्न पुग्छ, राजनीतिक कार्यकर्ताहरू पनि सिद्धान्तबाट विमुख, नेतृत्वबाट निराश र विकल्प, प्रतिपक्षहरुद्धारा खिसीटिउरी, अधिनायकवादी सरकारको मनमौजी, भूमिकाविहीन प्रतिपक्ष, असफल, अपारदर्शी सत्ता, शक्ति र सत्ताको शासन हुन्छ भन्ने राजनीतिक दूरदर्शिता सहितको विषयवस्तुलाई यस महाधिवेशनको महत्त्वलाई हामी सबैको जोड्न आवश्यक छ ।
यस्तो ऐतिहासिक महत्त्व बोकेको महाधिवेशनले निम्न अपेक्षाहरू कार्यकर्तामाझ छाएको छ ।
समृद्ध नेपालका लागि नेपाली कांग्रेस
हामीले यस महाधिवेशनका लागि शान्तिपुर्णक जनव्रmान्तिका उपलब्धीहरुलाई संस्थागत गरौ, पार्टीको आन्तरिक जिवनलाई सुुसङ्गठित बनाउँ, पार्टीभित्रका बेमेल र गुटको अन्त्य गरौँ । पार्टीलाई सबैखाले हिंसा, विभेद, सामाजिक विकृति, विसङ्गतिको विरुद्ध र सामाजिक न्याय, कार्यकर्ताहरुको भावना र जनताको अपेक्षा अनुसार कार्य गर्न सक्ने शक्तिको रुपमा निर्माण गरौँ ।
वैचारिक स्पष्टताको खाँचो
पार्टीभित्र मिसन, भिजनका साथ साझा राजनीतिक गतिविधीहरु तय गरि नेतृत्व वर्गलाई जिम्मेवार बनाउन आवश्यक छ । हिड्ने बाटो, पुग्ने गन्तव्य र देख्ने वास्तविक सपनाको अभावमा राजनीति फस्ट्याउन सक्दैन । यसमा आश्रित व्यक्तिहरु राजनीति सिद्धान्तबाट बेमुख र पलायन बन्दै जान्छन् । नेतृत्वमा सिद्धान्तको जन्म, जन्मको कारण अनविग्य भएमा सिद्धान्तको पलायन जतिखेर पनि हुनसक्दछ भन्ने कुरालाई हेक्का राख्नु जरुरी छ । राजनीतिलाई सही दिशाबोध गर्न सक्ने, पार्टी निर्माणका लागि वैचारिक– राजनीतिक स्पष्टता, सर्र्वाधिक महत्वपुर्ण आधार हो ।
प्रजातान्त्रिक समाजवादलाई सही ढङ्गले आत्मशात् गर्न सक्नुपर्दछ
देश र देशको शासन पद्धतिलाई लोकतान्त्रिक, समावेशिता, समाजवाद उन्मुख बनाउनका निम्ति पार्टीको आन्तरिक संयन्त्र र शैलीमा राजनीतिक नेतृत्व र कार्यकर्ताहरुलाई अनुभुुति र एकाकार गर्न जरुरी छ । मुख्यतय नेतृत्वको दृष्टिकोण लोकतान्त्रिक समाजवादको शैद्धान्तिक मान्यताहरुसँग जोडिएर विभिन्न वर्ग, जातजाती, संस्कृति, धर्ममा विश्वास राख्नुका साथै जनउतरदायी सरकार, शासन प्रणाली, शक्तिको विकेन्द्रीकरण, प्रतिस्पर्धात्मक, बहुदलीय व्यवस्था, स्वतन्त्र न्यायलय, कानुनी शासन जस्ता आधारभुत कुराहरुको ज्ञान हुन आवश्यक छ ।
गलत चिन्तन र प्रवृत्तिको अन्त्य
पार्टीको सङ्गठन व्यवस्थित र पारदर्शी गर्नका निम्ति एक आपसप्रतिको सम्मान र सद्भावको जरुरी छ । राजनीतिक प्रगति उन्नतिका निम्ति टिमवर्क र साझा लक्ष्य, सामुहिक भुमिका, सशक्त हतियार हो । न कि एकआपस प्रतिको नकरात्मक सोच र नकरात्मक मनोवृत्ति आज समग्र राजनीतिमा अभिसाप बनेको छ । नकरात्मक सोच र प्रवृत्तिले नकरात्मक प्रतिफल हुन्छ भन्ने तथ्यलाई स्मरण गर्न आवश्यक छ । पार्टीका भविष्य प्रति विश्वास गुमाएर कहिले कसको पछाडि कुद्ने र कहिले कथित नयाँ विचारको खोजी गर्ने सोच यस्तै विसर्जनवादी प्रवृत्तिका परिणाम हुन् ।
राजनीतिक जीवनको लोकतान्त्रिकरण
यो पार्टीभित्रका सम्पुर्ण उर्जा, सामथ्र्य र विविधतालाई एकिकृत गरेर पार्टीमा नयाँ गति सृजना गर्ने माध्यम हो । आज नेपालको राजनीतिमा जीवनभर राजनीतिक नेताहरु महाधिवेनको चकरमा मात्रै फसेका हुन्छन् । जब एउटा महाधिवेशन समाप्त हुन्छ, पुनः अर्को महाधिवेशनलाई प्रतिशोध र बदलाको भावनाबाट सम्पुर्ण पार्टीसङ्गठन, कार्यकर्ता र जनताको काम गर्नुको साटो आफ्नै पार्टीभित्रका नेताहरुलाई दुरुशान गर्नका निम्ति खाल्डो खन्ने र पुर्ने कार्यमा मात्रै आफ्नो उर्जा खर्च गरिरहेका हुन्छन् । के यही हो सकली राजनीति ? लोकतान्त्रिक व्यवस्थाले ल्याएको निष्पक्षता, समानता, स्वतन्त्रता र एकअर्काप्रतिको सम्मान र धैर्यताचाहिँ राजनीतिमा लागुहुदैँन ? त्यसकारण लोकतानित्रक अभ्यास र लोकतान्त्रिक मनसाय, व्यवहार, प्रवृत्तिले मात्रै सङ्गठनभित्र लोकतान्त्रिक विधि फस्ट्याउन सक्छ । राज्य व्यवस्था सञ्चालनका निम्ति सिक्ने र अभ्यास गर्ने स्थल सङ्गठन भएकोले स्वयमः नेता तथा कार्यकर्ताहरुको चेतना र आत्मा लोकतान्त्रिक हुन आवश्यक छ । किनकी वैत्तिक चेतनाले व्यवहार जन्माउँछ । सङ्कल्प गर्नु जरुरी छ । चौधौँ महाधिवेशनले पार्टीभित्र लोकतन्त्रमा देखिएको गुठबन्धी र गुठबन्धीले पार्टीमाथि पु¥याएको अपुरनिय क्षतिको अन्त्य गर्नुपर्दछ ।
नीतिमा एकरुपता र नेतृत्वमा सहमतिको प्रयास
जनताको लागि संविधान दिनसक्ने पार्टीले आफ्नै पार्टीको विधानलाई कार्यन्वयन गर्न सकेन । विधानले नेताहरुको राजनीतिक कर्मलाई नियमन गर्र्नुको अलावा व्यक्तिवादी चिन्तन र प्रवृत्तिले विधानलाई नियमन र निर्देशन गर्नु नै पार्टी सहि दिशामा बढ्न नसक्नुको प्रमुख कारण बनेको छ । त्यसकारण पार्टीको गतिविधी उच्च राख्नका निम्ति कसैलाई काखा र कसैलई पाखाको अवधारणा र मनोगत प्रवृत्ति अन्त्य भएको पारदर्शी नेतृत्व महाधिवेशनले जन्माउन सक्नुपर्दछ । नेताहरुले आफ्नो व्यक्तिगत सम्पत्ती जस्तो तेरो र मेरो कार्यकर्ताको अङ्कगणितलाई त्याग्नुपर्दछ र कार्यकर्ताहरु पनि आफ्नो आदर्श र मौलिकतमा रम्न सक्नुपर्दछ । पार्टीभित्रको नीति सबैलाई पुरुस्कार र सबैलाई दण्ड दिने पद्धतिको मुख्य दायित्व महाधिवेशनले लिन सक्नुपर्छ । यसरी बन्ने नेतृत्व छनोटको विधि सहमति र चुनाव दुवै हुन सक्छ । किनकि यि दुवै लोकतन्त्रका अभ्यास हुन । पार्टीभित्रको लोकतन्त्र बुझ्नेले सहमति र चुनाव दुवैलाई महत्व श्रेणीको दृष्टिकोणलाई थोर धेर गर्न मिल्दैन । सहमतिका लागि नीतिगत र सर्वमान्य, सर्वपक्ष कार्यविधि बन्न जरुरी छ । यसरी नेतृत्व छनोटका लागि बन्ने कार्यविधि आत्मकेन्द्रित, पुर्वाग्रही र निषेध प्रवृत्ति त्याग्न सक्ने हुनुपर्दछ जसले कार्यकर्ताको सर्वपरि हित र प्रतिस्पर्धीहरु बिचको उचित मुल्याङ्कनलाई समेट्न सक्नुपर्दछ ।
नेतृत्व हस्तान्तरण
पद लिनु र दिनु जिम्मेवार हस्तान्तरण हो । नेतृत्व त्यो व्यक्तिले लिनुपर्दछ जो सँग जिम्मेवारीलाई उठाउने र बहन गर्ने क्षमता रहन्छ । नेतृत्व लिदैँ गर्दा जिम्मेवार र कार्यअवधी भित्रको कार्यशैली, कार्ययोजना, कार्यविधिहरुको खाका पारदर्शीता गर्न जरुरी छ । नेतृत्व हस्तान्तरणले मैले लिएको सबै जिम्मेवारी पुरा गरेँ, नेतृत्व लिनसक्ने नेता तयार गरेँ र आगामी अर्को कुनै जिम्मेवारी आएमा म यसलाई लिन तयार छु भन्ने देखाउँछ । यदि कसैले नेतृत्व हस्तान्तरण गर्न चाहँदैन भने त्यो नेतृत्वभित्र नियत छ, नेतृत्व अवधि कमजोर रह्यो, नेतृत्व लिने व्रmममा कुनै कार्ययोजना बनाइएन या बनाएको कार्ययोजना असक्षमताको कारणले पुरा गर्न सकिएन वा नेतृत्व भनेको पद हो, नेतृत्व लिनु मात्र हो, नेतृत्वले केही दिनुपर्दैैन, नेतृत्वले भावी नेतृत्व जन्माउन सकेन वा नेतृत्व हस्तान्तरणको अनविज्ञता छ भन्ने हो । अतः चौधौँ महाधिवेसन वडा देखि केन्द्रसम्मका निम्ति कुशल, कर्मठ, भिजनरी व्यक्तिहरुका निम्ति जसले नेतृत्वलाई उठाउनसक्छ उनीहरुबिच जिम्मेवार साटासाट गर्नसक्ने केन्द्र बन्नुपर्दछ ।
कार्यकर्ताहरुको स्वाभिमान र नेताहरुको इमान्दारिता
नेपाली काङ्ग्रेस नेताहरु माथिको भरोसा र कार्यकर्ताहरुको इमान्दारितााले मात्रै सङ्गठित छ । कांगे्रसका नेताहरुका व्यवहार, बेमेल, गुटगत स्वार्थ, राजनीतिक योजना, बिचारमा अष्पस्टता, अदुरदर्शिता, चुनावी अन्तरघात, कार्यकर्ताहरुको संरक्षण गर्न नसक्नु, कार्यकर्ताहरुले गौरव गर्ने गौरवको योजना बनाउन नसक्नु, क्षमतावान नेतृत्वमा नेतृत्व हस्तान्तरण गर्न नसक्नु जस्ता गतिविधिहरुले कार्यकर्ताहरु दिक्क र निराश बनेका छन् । निराश बनेका इमान्दार कार्यकर्ताहरुको नाममा सुकिलामुकिला व्यक्तिहरु गलत नियतका साथ राजनीतिकर्म गरिरहेका छन् । अबको आवश्यकता भनेको कार्यकर्ताहरु स्वस्फुर्त, स्वजाग्रुत, स्वमुल्याङ्कन कर्ता, स्वविवेकी, स्वनेतृत्वको हो । तबमात्र हाम्रो गौरव र स्वभिमान उच्च रहन्छ । अन्यथा “जुन जोगी आए पनि कानै चिरेको” हुनेछ ।
युवाः उर्जा, गति र योजनाका स्रोत
युवा राज्यको मेरुदण्ड र आधारशिला हो । युृवाहरु दिनको बिहानी र विकासको उर्जा तथा कार्यशैलीको उच्च गति हो । तसर्थ युवा जनशक्ति परिचालनको निम्ति युवा नेतृत्व, युवा भावना, युवा योजना, युवा सङ्गठन अपरिहार्य छ । राजनीतिमा उर्जा, गति र योजनाका जननी युवाहरुको निराशा छ । त्यसकारण चौधौँ महाधिवेशनले राजनीतिभित्रको कंकाल हड्डीहरु भित्र युवारुपी मासुहरु भरि नेपाली कांग्रेसलाई सुन्दर बनाउनु आवश्यक छ । यसो भन्दै गर्दा पुराना अग्रज नेतृत्वको सम्मान र अनुभवलाई समेत समाविस्ट गर्न जरुरी छ । होस र जोस भएका बहुपक्षहरुलाई एकिकृत गर्नु अवश्यभावी बनेको छ । विडम्बना युवाहरु विकृतिको सिकार बन्दै गरेको पाइन्छ । यो युवाहरुको दोष होइन, हाम्रो राजनीतिक, सामाजिक संरचनाको दोष हो । विकृति बाट मुक्त गर्दै उनीहरुमाथि अन्तरनिहित उर्जा, गतिशिलता र स्वप्नदृष्टिलाई समाज रुपान्तरण र राष्ट्रिय निर्माणमा लगाउने दायित्व हाम्रो जस्तो जिम्मेवार पार्टीको हो । हिजो जनविरोधी शासन व्यवस्था अन्त्यको निम्ति होस, प्रजातन्त्र स्थापनाको निम्ति होस वा सघिंय गणतन्त्र नेपाल निर्माणको निम्ति बन्दुक बोकिएको र बोकाइएका युवाहरु महाधिवेसन नजिकिँदै गर्दा जिम्मेवारी बोक्न काधँ थाप्नु स्वभाविक हो । हिजो जनताको हितलाई केन्द्रविन्दु बनाई, राजनीतिलाई सेवाको आदर्श बनाई, राम्रा विषय पढ्न र यस देशको कर्मचारी, हाकिम, डाकटर, इन्जिनियर बन्न छोडेर आफ्नो जीवनको आसालाग्दो उर्जाशिल समयखेर फालेका, कलम बोक्ने कमलो हातले झण्डा र डण्डा बोकेका युवाहरुका निम्ति यो महाधिवेशन अवसरको ढोका बन्न सक्नुपर्दछ ।
महाधिवेशन र यसको प्रतिफल
पार्टी महाधिवेशन केवल नीति वा नेतृत्वको जितहारको मञ्च होइन, आफैँमा एउटा विशाल प्रशिक्षण कार्यक्रम पनि हो । यो पार्टीमा नयाँ संस्कारको विकास गर्ने एउटा महत्वपुर्ण अवसर पनि हो । तर महाधिवेशनको पुर्वसन्ध्यामै नेतृत्वको इच्छा राख्ने व्यक्तिहरुबाट समग्र प्रव्रिmयालाई नै अस्वस्थ रुप सृजना गर्नु हुदैँन, पार्टीको उम्मेरद्धारी फेसबुक र होटल बाट होइन पार्टीको कार्यक्रम बाटै गर्नुपर्दछ । एकातिर नीतिगत मतभिन्नता छैन भने अर्काेतिर ‘डनबाद’ र ‘धनवाद‘’ का नाममा पार्टीलाई यो कित्ता र त्यो कित्तामा विभाजित गर्ने गतिविधीबाट म दुखी छु । हाम्रो राजनीतिक आदर्श प्रजातान्त्रिक समाजवाद सँग पटकै मेल नखाने यस्ता कतिपय प्रवृत्तिले पार्टीलाई नोक्सान पु¥याउँछ भन्ने कुरामा सबैलाई हेक्का राख्न आग्रह गर्दछु । महाधिवेशन नेतृत्व छनोटमात्र नभएर नीति तथा कार्यक्रमहरुको माध्यम बन्न सक्नुपर्दछ । नीति तथा कार्यक्रम बिनाको नेतृत्व हुन सक्दैन । सर्वप्रथम नीति तथा कार्यक्रमहरु माथिको छलफल अनिमात्र नेतृत्व चयनको प्रकृया बढाउन जरुरी छ । महाधिवेशन सँगै एकता र एकअर्काप्रतिको सद्भाव र सहयोग, सहकार्यको भावना जागृत हुन आवश्यक छ ।