काठमाडौं, ११ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।
यो संख्या पछिल्लो हप्तामा सबैभन्दा धेरै हो । सरकारले लकडाउन पूर्ण रूपमा खुला भएको घोषणा गरेपछि जनजीवन सामान्य बन्न थाल्दा फेरि संक्रमितको संख्या बढ्न थालेको हो । देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ४४० रहेको छ ।
पछिल्लो २४ घण्टामा जना ७५ कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १३ हजार १२८ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।
हालसम्म देशभरबाट ७० दशमलव ५ प्रतिशत मानिसहरू अस्पतालबाट डिस्चार्ज भएका हुन् । कुल कोरोना भाइरस संक्रमितको संख्या १८ हजारभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा प्रयोगशालाबाट तीन हजार जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका १७ हजार ९०३ जना क्वारेनटिनमा रहेका छन् । देशभर कोरोना भाइरसको संक्रमणबाट ४५ जनाको मृत्यु भइसकेको छ ।