लालभित्ती बचत तथा ऋण सहकारीको रक्तदान कार्यक्रम सम्पन्न


बेलबारी, असोज १९ / मोरङको बेलबारीमा लालभित्ती बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

१२ औँ वार्षिक साधारण सभा को अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४० व्यक्तिले रक्तदान गरेका छन् । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेडक्रॉस ब्लड बैंक सुनसरीको सहयोगमा ४० प्रिन्ट रगत सङ्कलन भएको हो ।

लालभित्ती बचत तथा ऋण सहकारी संस्थाले वार्षिक रूपमा रक्तदान कार्यक्रम गर्ने गरेको संस्थाका सचिव राजु परियारले बताए । संस्थाको साधारण सभा शनिवार २० गते हुने सचिव परियारले जनाएका छन् ।

कार्यक्रम लालभित्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिताराम न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्