विराटनगर, ९ साउन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज सामाजिक विकास मन्त्रालयको अनुगमन गर्नु भएको छ ।
मुख्यमन्त्री राईले मन्त्रालयको अनुगमन पछि मन्त्रालयका सचिव, महाशाखा प्रमुख लगायत कर्मचारीहरूलाई निर्देशन पनि दिनु भएको छ ।
सामाजिक विकास मन्त्रालयले अहिले सम्म काम राम्रो गरिरहेको भन्दै उहाँले कर्मचारीहरूलाई अझै राम्रो काम गर्न निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री राईले सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्य मन्त्री जसमाया गजमेरसँगै उहाँको कार्यकक्षको पनि अनुगमन गर्नुभएको थियो ।