स्वीस सरकारद्वारा प्रदेश १ सरकारलाई पीसीआर मेसिन हस्तान्तरण


विराटनगर, ९ साउन । प्रदेश १ सरकारलाई स्वीस सरकारले दुईवटा अत्याधुनिक पीसीआर मेसिन हस्तान्तरण गरेको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई करिब ९० लाख बराबरको आरटी पीसीआर मेसिन स्वीस सरकारका कार्यक्रम विशेषज्ञ अमन जोन्छेले हस्तान्तरण गर्नुभयो ।

पीसीआर मेसिन ग्रहण गर्दै मुख्यमन्त्री राईले दुईवटा मेसिन तत्काल जडान गर्ने बताउनुभयो । उहाँले एउटा मेची अस्पताल र एउटा प्रदेश प्रयोगशाला विराटनगरमा जडान गरिने उहाँले बताउनुभयो ।

पीसीआर मेसिन थपिएसँगै समुदाय स्तरमा कोरोना परीक्षण गर्न सहज हुने मुख्यमन्त्री राईले बताउनुभयो । उहाँले प्रदेश १ लाई छिट्टै ग्रिन जोनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री राईले कोरोना नियन्त्रणमा आएर सरकारले लकडाउन अन्त्य नगरेकाले अझै पनि सावधानी अपनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

स्वीस सरकारका कार्यक्रम विशेषज्ञ अमन जोन्छेले प्रदेश सरकारलाई हस्तान्तरण गरिएको पीसीआर मेसिनले प्रतिघण्टा ९६ वटा नमुना संकलन गर्न सक्ने क्षमता भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्