थप एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि : नेपालमा संक्रमित संख्या १८,३७४ पुग्यो


काठमाडौं, ९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा एक सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले एक सय ३३ जनामा थपिएसँगै कोरोना पुष्टि हुनेको कुल सङ्ख्या १८ हजार तीन सय ७४ पुगेको जानकारी दिए ।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या भने ५ हजार ३ सय ८३ रहेको मन्त्रालयका प्रवक्ता प्राडा गौतमले जानकारी दिए।

देशभर शुक्रवार मात्र १०७ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना मुक्त हुनेको कुल संख्या १२ हजार ९ सय ४७ पुगेको छ।

पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ९ सय ८७ को नमुना परीक्षण भएको छ।

थप एकको मृत्यु, देशभर मृतक संख्या ४४ पुग्यो

कोरोनाका कारण पर्सामा शुक्रवार फेरि एक स्थानीय वृद्धको मृत्यु मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । निमोनिया भएर केही दिनअगाडि वीरगञ्‍जको एक निजी अस्पतालमा भर्ना भएकी ८५ वर्षीय वृद्धको शुक्रवार मध्यान्न मृत्यु भएको हो।

बिहीबार मात्र उनलाई वीरगञ्‍जको नारायणी अस्पतालको विशेष कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो। मृतक महिलामा बिहीबार राति संक्रमण पुष्टि भएको कोभिड अस्पताल गण्डकका भर्ना गरिएको थियो ।

पहिले मुटुको बिरामी भएकी वृद्धलाई पछिल्लो समयमा निमोनिया भएर अस्पतालमा भर्ना गरिएको रहेछ। सो क्रममा नै स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको उनले बताए। केही अगाडि बिरामीलाई वीरगञ्‍जको एडभान्स हस्पिटलमा भर्ना गरिएकोमा कोरोनाको सिम्टम जस्तो देखिएपछि स्वाब संकलन गरिएको थियो।

योसहित कोरोनाका कारण पर्सामा ३ जनाको मृत्यु भइसकेको छ। मुलुकभरि भने योसहित मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्