असोजमा कक्षा १२ को परीक्षा हुने : ११ को परीक्षा अब विद्यालयलेनै लिने


काठमाडौं, ७ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दसैँ अगाडि नै गर्ने भएको छ । बोर्डले आउँदो असोजमा कक्षा १२ को परीक्षा लिने निर्णय गरेको हो ।

बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयले नै लिने गरी कार्यविधि पनि पारित गरेको छ । कक्षा ११ को परीक्षा अब विद्यालयले नै लिने निर्णय गरिसकेको र त्यसका लागि कार्यविधि पनि पारित भइसकेको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिएका छन् ।

उनले कक्षा ११ को परीक्षा र मार्किङको कार्यविधि पनि पारित गरेको जानकारी दिए । असोज लागे लगत्तै कक्षा १२ को परीक्षा गर्ने तयारी बोर्ड गरिरहेको छ । उनका अनुसार विद्यालयले कक्षा ११ को परीक्षा लिँदा बोर्डले यसअघि लिएको जस्तै गरी लिनुपर्ने र प्रमाणीकरण एवं मूल्यांकन पनि विद्यालयले गर्नुपर्नेछ ।

बोर्डले पारित गरेको कार्यविधिअनुसार कक्षा ११ को परीक्षा, प्रमाणीकरण एवं मूल्यांकन विद्यालयले नै गर्ने, कक्षा १२ को जुन तरिकाले ग्रेडिङ गरिएको छ ।

सोहीअनुसार ग्रेडिङ गर्ने, पाठ्यक्रमअनुसारै प्रश्न पत्र निकाल्नु पर्नेछ । कार्यविधिअनुसार कक्षा ११ मा डी प्लसको ग्रेडिङ नआएका विद्यार्थी कक्षा १२ मा भर्ना हुन नपाउने भएका छन् । बोर्डका अनुसार विद्यालयले आफ्नो अनुकूलतामा परीक्षा लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्