साउन पहिलो हप्तापछि विद्यार्थी भर्ना सुरु हुने


काठमाडौं, ६ साउन । सरकारले साउन पहिलो हप्तापछि विद्यार्थी भर्नाका लागि प्रारम्भिक तयारीको प्रक्रिया सुरु निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकले तत्काल विद्यालयहरू नखोल्ने तर अभिलेखीकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जनाइएको छ ।

त्यसका लागि साउन ८ गतेबाट १५ गतेसम्म सामुदायिक विद्यालयका शिक्षकहरूलाई विद्यालय पुग्नु पर्नेछ । तर कतिपय विद्यालयहरूमा क्वारिन्टन समेत भएको हुँदा त्यसका लागि व्यवस्थापनको तयारी गर्ने निर्णय समेत बैठकले गरेको जनाइएको छ ।

बैठकले भदौ १ गतेदेखि हवाई उडान समेत खोल्ने निर्णय गरेको छ भने एक जिल्लाबाट अर्को जिल्लामा छोटो दुरीका बस चलाउन दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्