कोरोना भाइरसको कारण एक साताभित्र १६ नेपालीको मृत्यु


काठमाडौं, ४ साउन । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा रहेको १६ नेपालीको मृत्यु भएको छ ।

यस साता कतारमा आठ, युएईमा पाँच र कुवेतमा तीन जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिले जनाएको छ ।

कतारमा मृत्यु भएका आठमध्ये दुई जनाको मृत्यु हुनुअघि कोरोना सङ्क्रमण पुष्टि भएको र बाँकी छ जनाको मृत्युपछि कोरोना पोजेटिभ देखिएको समितिले जनाएको छ । शनिवार साँझसम्म १४ देशमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिएका छन् ।

हालसम्म विभिन्न देशमा कूल ३० हजार ५७१ सङ्क्रमित नेपालीमध्ये २८ हजार ६८१ जना सङ्क्रमणमुक्त भएको संघको तथ्याङ्क छ

प्रतिक्रिया दिनुहोस्