राष्ट्रिय युवा संघ नेपाल बेलबारीद्वारा बालबालिकाको स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न


बेलबारी, ३ साउन । राष्ट्रिय युवा संघ नेपाल बेलबारी नगर कमिटीको बालबालिकाहरूको स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम तथा राहत सामाग्री वितरण कार्य सम्पन्न भएको छ । शनिवार बेलबारी नगरपालिका वाड नं. ८ स्थित त्रिवेणी चोकमा जनचेतना प्रदान गर्नको साथै बालबालिकालाई शैक्षिकसहित अन्य सामाग्री वितरण गरेको हो ।

२० घर परिवारका ८० बालबालिकालाई दाँत माझ्ने मन्जन, ब्रस, प्रत्येक परिवारलाई ४ वटा साबुन, झुल, सेनेटरि प्याड, कापी, पेन्सिल, साप्नर र मास्क समेत प्रदान गरिएको छ । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथियता नवीन पौडेलले सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका जि.क.स कृष्ण गुरुङ, तोसित सुबेदी, नगर कार्यालय सदस्य मिलन राई, वाड नं. ८ नेकपा अध्यक्ष सञ्जय तिम्सिना, इन्चार्ज टिका पराजुली, नगर सहइन्चार्ज टेक ब. विष्ट, नीरज सुबेदी, अनेरा जिल्ला सदस्य, सन्जिब बुढाथोकी, दीपेन्द्र पराजुली लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल बेलबारी नगर कमिटी अध्यक्ष कमल लिम्बूको अध्यक्षता सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन भने अविसेक गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्