थप १६७ जनामा कोरोना संक्रमण पुष्टि : नेपालमा संक्रमितको संख्या १७ हजार ३४४


काठमाडौं, १ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज (बिहीबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १६७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

प्रवक्ता गौतमका अनुसार हाल नेपालमा संक्रमितको संख्या ६ हजार ५६ रहेको छ भने जम्मा संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । आज ४ हजार ९८१ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमित निको भई घर फर्केका छन् । प्रवक्ता गौतमका अनुसार योसँगै नोपलमा कोरोना मुक्त हुनेको संख्या ११ हजार २४९ पुगेको छ ।

क्वारेनटिनमा २३ हजार ५ सय रहेको उनले जानकारी दिए । अहिलेसम्म नेपालमा कोरोनाका कारण ३९ जनाको ज्यान गएको प्रवक्ता गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्