परिवार सेवा समाजलाई बेलबारी नगरपालिकाद्वारा नौमती बाजा हस्तान्तरण


बेलबारी, २९ असार / बेलबारी नगरपालिकाले लोपोन्मुख नौमती बाजा संरक्षण गर्न थालेको छ । विभिन्न शुभ कार्यका शुभसाइतका रूपमा लिइने बाजालाई लोप हुन नदिनका लागि नगरपालिकाले खरिद गरेर परिवार सेवा समाज बेलबारीलाई हस्तान्तरण गरेको छ ।

सोमवार नगर प्रमुख ज्ञानेन्द्र सुवेदी तथा उपप्रमुख ढाका कुमारी पराजुलीले परिवार सेवा समाज बेलबारीलाई नौमती बाजा तथा कपडा हस्तान्तरण गरेका छन् । बाजा सञ्चालनका माध्यमबाट रोजगारीको सृजना गर्ने, युवा पुस्तालाई नौमती बाजामा रुचिको विकास गर्ने लगायतको विकास गर्नका लागि नौमती बाजा र ड्रेस हस्तान्तरण गरिएको नगर प्रमुख सुवेदीले बताए । नौमती बाजाको संरक्षणबाट नगरमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास समेत लिएको सुवेदीले बताए ।

दुई वटा नरसिंह, दुई वटा सनही, दुईवटा दमाह, एउटा ढलकी, एउटा ट्याम्को र एउटा झ्याली रहेको र नौमती बजाउने हरूलाई एक एक थान कपडा वितरण गरिएको छ । नौमती बाजा लिँदै परिवार समाजले संरक्षण सँगै आमदानि गर्ने बताएको छ । नौमती बाजा तथा कपडा हस्तान्तरणमा बेलबारी वाड नं. २ का अध्यक्ष घनश्याम गौतम, वाड नं. ३ का अध्यक्ष योगेन्द्र सुवेदी, वाड नं. ५ का अध्यक्ष विश्वबन्धु बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्