विराटनगर, २९ असार । प्रदेश १ मा आज ६ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ४, मोरङ र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापाको गौरीगञ्जमा ३ पुरुष र दमकमा १ पुरुष, मोरङको कटहरी र सुनसरीको रामधुनीका १–१ जनामा पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा कोरोना संक्रमतिको संख्या ७ सय ३० पुगेको छ ।
प्रदेश १ मा आज ३३ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालमा उपचाररत ३३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेमा झापाका २०, मोरङका ५, संखुवासभाका ३, सुनसरी र खोटाङका २–२ र ताप्लेजुङका १ पुरुष डिस्चार्ज भएका हुन ।
प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ६ सय ४ पुगेको छ ।