एक दर्जन बढी स्रष्टा सामाजिक विकास मन्त्रालयद्धारा सम्मानित हुने


विराटनगर, २६ असार । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले एक दर्जन बढी स्रष्टाहरूलाई सम्मानित गर्ने भएको छ । बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना स्रष्टा सम्मानित हुनुहुने भएको हो ।

प्राज्ञ खेम नेपालीको संयोजकत्वमा रहेको ८ सदस्यीय स्रष्टा मूल्याङ्कन सिफारिस कार्यदलले आज सामाजिक विकास मन्त्री जीवन घिमिरे समक्ष सम्मानित स्रष्टाहरूको नाम सिफारिस गरेको छ । कार्यदलको सिफारिस अनुसार मन्त्रालयले एक लाख राशीको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मान २०७७ बाट इलामका स्रष्टा डा. नवलकिशोर राईलाई सम्मानित गर्ने भएको छ ।

यसअघि सो सम्मान प्रा.डा. टंक न्यौपानेलाई प्रदान गरिएको थियो । भाषा साहित्य कला सम्मानबाट १२ जना स्रष्टा सम्मानित हुनु हुने भएको छ । ललितकला तर्फ अनुराधा थापा–मोरङ, साहित्य तर्फ उमानाथ घिमिरे‘सागर’–धनकुटा, कविराज पोखरेल–मोरङ, मुनाराज शर्मा–झापा, पञ्चकुमारी परियार–खोटाङ, प्रेम ओझा–पाँचथर, शिवनारायण पण्डित‘सिंगल’–सुनसरी, साहित्य र कला तर्फ डीवी किराँती–सोलु, रंगकला तर्फ कविता नेपाल–झापा, चलचित्रकर्मी तर्फ केशव रायमाझी–मोरङ, नृत्यकला तर्फ माया पौडेल–मोरङ, गीत÷संगीत तर्फ वीरध्वज शिवा–मोरङ, लाई सम्मानित गरिने भएको छ ।

उहाँहरूलाई जनही ५०–५० हजार नगद प्रदान गरिने मन्त्रालयले जनाएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले भाषा, साहित्य कला क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्रष्टाहरूलाई गतवर्ष देखि सम्मान सुरु गरेको हो । स्रष्टाहरूलाई आगामी असार २९ गते सोमबार दिउँसो १ बजे आरोहण गुरुकुल विराटनगरमा सम्मान गर्ने कार्यक्रम राखिएको कार्यदलका सदस्यसचिव सूर्यराज घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्