शुक्रवार बिहान देखी लागु हुने गरी कानेपोखरीमा फेरी लकडाउन हुने


असार १८ गते, पथरी । मोरङको कानेपोखरीका पहिलो पटक एक जना युवामा कोरोना संक्रमण देखिए पछि पुनः. लकडाउन कडाइ हुने भएको छ ।

कोरोना संक्रमित उक्त युवा वैदेशिक रोजगार मलेसिया गएका नेपाल फर्केका हुन । उनी काठमाडौँ हुँदै कानेपोखरी आएका थिए । शुक्रवार बिहान देखी लागु हुने गरी स्थानीय सरकारले लकडाउनको घोषणा गरेको छ ।

लकडाउन २१ गते सम्म गर्ने स्थानीय सरकारले निर्णय गरेको छ । संक्रमित एरियामा भने १४ दिन लकडाउन गरिएको स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए ।

आमासँगै कानेपोखरी चोकबाट फर्केका युवक र ट्याम्फुमा घर पुगेका थिए । घर आएको जानकारी पाउने बित्तिकै गाउँपालिकाले तयार गरेको क्वारेनटाइनमा युवकलाई तत्कालै लगिएको थियो ।

उनको पिसिआर विधिद्वारा परीक्षण पनि भएको थियो । पिसिआर रिपोर्ट पोजेटिभ आए पछि अहिले आमा र ट्याम्फु चालक दुवैलाई पनि क्वारेनटाइनमा राखिएको जनसेवा क्वारेनटाइन व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष खड्ग बस्नेतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्