बेलबारी जेसिसको जेसिस सप्ताह २०१८ सम्पन्न


बेलबारी, मोरङ / बेलबारी जेसिसले भाद्र २४ गते देखी सुरु गरेको सप्ताह व्यापी कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

जेसिज सप्ताह २०१८ को उद्घाटन बुबाको मुख हेर्ने तथा ज्येष्ठ नागरिकसँग तिज विशेष कार्यक्रमको आयोजना गरेर बेलबारी जेसिसले सुरु गरेको थियो । भाद्र ३० गते जेब्रा क्रसिङ निर्माण, असोज ३ गते नेतृत्व विकास तालिम, असोज ५ गते शैक्षिक सामाग्री वितरण, ६ गते मैत्रीपूर्ण फुटबल र १० गते बुधवार उत्प्रेरणा तालिम सम्पन्न गर्दौ २०१८ को जेसिज सप्ताह कार्यक्रम बेलबारी जेसिजले समापन गरेको छ ।

शुक्रवार भएको समापन समारोह कार्यक्रममा नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष श्रीद्धर बस्यालको प्रमुख आतिथ्यमा र बेलबारी जेसिसका वर्ष २०१८ का अध्यक्ष राजन प्रसाईँको अध्यक्षतामा सम्पन्न भएको छ ।

सो कार्यक्रममा बेलबारी नगरपालिका प्रवक्ता योगेन्द्र सुवेदी, बेलबारी नेकपाका संयोजक ईरन राई, इलाका प्रहरी कार्यालयका प्रमुख रामकुमार राई, बेलबारी साना सहरी खानेपानी आयोजनाका अध्यक्ष महेन्द्र सुवेदी, प्याब्सन बेलबारीका अध्यक्ष भूपाल बस्नेत, युवा जागरण अभियानका संयोजक सुजित बस्नेत, श्रमिक महिला समूहकी अध्यक्ष नितु थापा लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बेलबारी जेसिसका कार्यकारी उपाध्यक्ष दीपेन्द्र खुलालले जेसिस सप्ताहभरि भएका कार्यक्रमहरूको जानकारी गराएका थिए भने सञ्चालन राजेन्द्रबहादुर अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्