चौलागाई प्रतिष्ठानद्वारा विश्वशान्तिको कामना


मोरङ, १५ असार । चौलागाई प्रतिष्ठान प्रदेश १ ले एक कार्यक्रमको आयोजना गरेर कोरोना भाइरस (कोभिड(१९) बाट आक्रान्त भइरहेको विश्व समुदायको शान्तिको कामना गरेको छ ।

बेलबारी ११ मा रहेको प्रतिष्ठानको परिसरमा सञ्चालन गरेको कार्यक्रममा कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारिरहेकोले उनीहरूको आत्माको चिर शान्तिको कामना गर्दै विश्व शान्तिकन कामना समेत गरिएको थियो ।

चौलागाई प्रतिष्ठान प्रदेश न १ का संयोजक उत्तम चौलागाईले कोरोना भाइरसबाट विश्व नै आक्रान्त भइरहेको वेलामा आफ्ना कुलवंशहरु तथा विश्व समुदायको शान्तिको कामनाका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।

साथै प्रतिष्ठानले प्रत्येक वर्षझैँ यस वर्ष पनि दही चिउरा खुवाउने कार्य समेत सम्पन्न गरेको छ । सो कार्यक्रममा प्रदेश १ भरिका बन्धुहरूको सहभागिता रहेको थियो ।

कोरोना भाइरसका कारणले गत वर्षमा जस्तो सहभागिता भने रहन नसकेको चौलागाई प्रतिष्ठान प्रतिष्ठानका प्रदेश सचिव दुर्गाप्रसाद चौलागाई बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्