बेलबारी नगरपालिकाद्वारा किसानलाई मिनिटिलर तथा मकै छोडाउने उपकरण वितरण


बेलबारी, १५ असार । बेलबारी नगरपालिकाले किसानहरूलाई मिनिटिलर तथा मकै छोडाउने उपकरण वितरण गरेको छ । नगरपालिकाले १६ जनालाई मकै छोडाउने उपकरण तथा ५ जनालाई मिनिटिलर वितरण गरेको हो ।

आइतबार बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी र उपप्रमुख ढाका कुमारी पराजुलीले किसानलाई उपकरण हस्तान्तरण गरेका छन् । कृषिमा आधुनिककी करण तथा व्यवस्थित उत्पादनमा सहयोग गर्ने उद्देश्यले नगरपालिकाको ५०٪ तथा किसानको ५०٪ साझेदारी लगानीमा उपकरण वितरण गरेको नगर प्रमुख सुवेदीले बताएका छन् ।

उपकरण प्राप्त गर्ने मैनाबारी उज्यालो कृषक समूह, बेलबारी ३ का अमृता राई भन्छिन्, ‘नगरपालिकामा निवेदन पेस गरेको थियौ मेसिन पायौ अब लगेर जोत्छौ, ५० प्रतिशत सहयोगमा पाएका छै खुसी लागेको छ ।’

अर्का किसान दुर्गा बहादुर बस्नेत भन्छन्, ‘मैकै खेती गर्छु, छिटो छरितो अलिक सहजहोस भनेर मकै छोडाउने उपकरण पाउनलाई नगरपालिकामा निवेदन पेस गरेको थिए । उपकरण प्राप्त भयो यसमा खुसी छु ।’ बस्नेतलाई अब भाडामा मेसिन प्रयोग गर्न पर्ने बाध्यता हुने छैन । उपकरण पाएपछि उनी खुसी हुँदै धेरै सजिलो हुने आशा व्यक्त गर्छन् ।

प्रतिक्रिया दिनुहोस्