सुन्दरहरैंचाको गौशाला बृद्धाबनमा वृक्षारोपण


एलएन गच्छदार – सुन्दरहरैंचा, ३ असार । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम अन्तरगत मङगलबार चुरे संरक्षण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका ५ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्रको हिसाबले महत्त्व बोकेको गौशाला बृद्धाबनमा चुरे संरक्षण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरेको हो । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई सलपुरको आर्थिक सहयोगमा गौशाला बृद्धाबनको बुढिखोला छेउमा रहेको खाली जग्गा २.२ हेक्टरमा ३२ सय विभिन्न प्रजातिका बिरुवा रोपेको छ ।

स्थानीय तह सुन्दरहरैंचा नगरपालिकाको समेत सहयोग रहेको वृक्षारोपण कार्यक्रमको बारे राधे श्याम सेवा समिति बृद्धाबन गौशालाका संस्थापक संरक्षक दिनबन्धु शास्त्रीले जनाएका छन् । बुढिखोलाको नजिक बाढी प्रभावित सो क्षेत्र खाली जग्गा कटान हुने सम्भावना बढ्दै गएको छ । वृक्षारोपण कार्यक्रमले जग्गाको सदुपयोग भएको छ भने भविष्यको लागि सुरक्षा पनि दिने छ । चुरे कार्यक्रम अन्तर्गत चुरेका विभिन्न किसिमका संरक्षणमुखी कार्यक्रम तालतलैया, सिमसार क्षेत्र, पोखरी निर्माण, वृक्षारोपण कार्यक्रम गर्दै आएको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन गर्ने इकाई सलकपुर मोरङका प्रमुख भिम कालिकोटेले बताए ।

जंनसख्याको चाप धेरै भएकोले बन क्षेत्र अत्यन्तै कम रहेको छ । जनसङ्ख्या र जनघनत्वको चाप अनुसार बन जंगलको सन्तुलन मिलाउन पनि ग्रिन बेल्ट कार्यक्रम अन्तरगतले महत्त्वपूर्ण टेवा पुग्न सक्छ । यसको ब्यब्स्थापन र संरक्षण गर्न र वैज्ञानिक बनको अवधारणा अनुसार गरिएको वृक्षारोपणको कामले गौशाला बृद्धाबनको मात्र प्रकृति सौन्दर्यताक बढ्दैन बुढिखोलाको बाढीले दिएको दुस्खबाट समेत मानव बस्ती जोखिम हुने खतरा र भु बिनासलाई समेत रोक्न मदत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्