सुन्दरहरैचा, ३२ जेठ । सरकार विरुद्ध सुन्दरहरैचामा विरोध प्रदर्शनी भएको छ । कोरोनाको महामारीमा सरकारले जनतालाई सुरक्षा दिन नसकेको भन्दै युवाहरूले विरोध प्रदर्शनी गरेका हुन ।
सुन्दरहरैचा स्थित खोर्सानेबाट सुरु भएको प्रदर्शनी र्यली विराटचौक परिक्रमा गरेर नगरपालिका कार्यालयमा टुङ्गिएको थियो । स्वतन्त्र युवा समुहले गरेको उक्त प्रदर्शनीमा पिसिआर परीक्षणको माग गरेका थिए भने, एमसिसि खारेजीको माग पनि राखेका थिए । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको १० अर्व बारे प्रश्न गर्दै आवाज पनि उठाएका थिए ।
प्रदर्शनीमा प्रहरी हाम्रो साथी हो भन्ने नारा लगाएता पनि पुलिसको दमन भएको विरोध प्रदर्शनीका संयोजक पूरण राईले बताए । नारा नलगाईकन प्लेकार्डमा लेखेर शान्तिपूर्ण प्रदर्शनी गर्ने योजना गरे पनि प्रहरीले खोसेर च्याती दिएको बताएका छन् ।
उनले भने, “नारा लगाउँदा शान्तिपूर्ण नबन्ला भनेर प्लेकार्डको प्रयोग गरेका थियौ, सामाजिक दुरी कायम गर्दै, मास्क अनिवार्य लगाएर प्रदर्शनी गर्न सुरु गरेका थियौ तर प्रहरीलेनै च्याती दिए पछि नारा लगाउन बाध्य भयौ, सामाजिक दुरी कायम पनि तितरवितर भयो । हामीले अनुरोध गरौँ तर हाम्रो अभिमत प्रकट गर्ने अधिकारै हनन गरे । वाक स्वतन्त्रताको पनि अधिकार दबाउने प्रहरीले कोसिस गरेको राईको आरोप रहेको छ ।
विरोध प्रदर्शनी सुन्दरहरैचा नगरपालिका कार्यालय अगाडी राष्ट्रिय गान गाएर सम्पन्न गरेका थिए । छुट्ने बेला भने प्रहरीलाई पनि तालिका साथ धन्यवाद प्रकट गर्दै युवाहरू प्रदर्शनीबाट छुटिएका थिए ।
सरकारको कमजोरी पक्षलाई औलाउँधै गरेको विरोध प्रदर्शनी, प्रहरीको दमनमा आक्रोश र आरोप तर प्रहरी प्रति सम्मान र धन्यवाद प्रकट गर्दै गरेको युवाहरूको विरोध प्रदर्शनी नौलो थियो ।
https://youtu.be/B2cOFtj96Lk