स्वास्थ्य क्षेत्रको बेथिति विरुद्ध बेलबारीमा युवाहरूको विरोध प्रदर्शनी


बेलबारी, ३२ जेठ । कोभिड १९ कोरोना भाइरस नियन्त्रणको क्षेत्रमा सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै मोरङको बेलबारीमा युवाहरूले प्रदर्शन गरेका छन् ।

मालपोत चौक देखि सुरु गरेको र्‍याली पुरानो बेलबारी पुगेर पुन नयाँ बेलबारी सम्म आएर ३० मिनेट उभिएर प्रदर्शन गरेका थिए । र्‍यालीमा विभिन्न नारा अङ्कित ब्यानर र राष्ट्रिय झन्डा बोकेर युवाहरूले स्वस्फुर्त सहभागिता जनाएका थिए ।

नक्साको लागि धन्यवाद सरकार, अब गराऊ पिसिआर, कार्पेट होइन, सोच बदलौँ, सरकार जरिवाना सहित आएको छ, सरकारको सरोकार, कार्पेट कि पिसिआर, देश लुट्न पाईदैन्, क्वारेन्टाईनमा मान्छे थुपार्ने कोरोना सार्ने मान्छे मार्ने, १० अर्व खोइ ?, ओली तिम्रो पाराले दुख पाए साराले लगायत लेखिएको प्ले कार्ड बोकेर सयौँका सङ्ख्यामा युवाहरूले प्रदर्शनी गरेका थियो ।

कोरोना भाइरसका कारण मुलुक समस्यामा परिरहेको बेला समेत सरकार भ्रष्टाचारमा लिप्त हुनु, कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नु, सरकार छ कि छैन भन्ने स्थिति सम्म पुग्नु गम्भीर विषय भएकोले सरकारलाई सचेत गराउन सरकार विरुद्ध मौन प्रदर्शन गरेको कार्यक्रमका एक युवा ऋषि राईले बताए । प्रदर्शनमा युवाहरूले राष्ट्रिय गीत पनि गाएका थिए ।

प्रतिक्रिया दिनुहोस्