बेलबारी, २९ जेठ । बेलबारी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा छलफललाई तीव्र बनाइएको छ । विभिन्न क्षेत्रबाट बजेटबारे सुझाव लिने कामलाई नगरपालिकाले तीव्र बनाइरहेको छ ।
राजनैतिक दल, नीजिक्षेत्र, विज्ञहरुसंगँ बजेटबारे सुझाव लिने काम भइरहेको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । दलका नेता तथा पदाधिकारीसँग भेटेरै र निजी क्षेत्र, विज्ञहरूसँग भेटेर तथा छलफल कार्यक्रमै राखेर आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको नीति तथा कार्यक्रममा छलफल गरिएको नगर प्रमुख सुवेदीले बताए ।
नगरपालिकाले बिहीबार सर्वपक्षीय भेलाको आयोजना नै गरेर बजेटको विषयमा छलफल गरेको छ । बेलबारीका सङ्घ संस्था तथा राजनैतिक दलहरूलाई सहभागी गराएर आर्थिक वर्ष ०७७/०७८को नीति तथा कार्यक्रमका लागि सुझाव मागेका थिए ।
सहभागीहरूले सुझाव दिँदै अहिले सम्म बेलबारीले गरेका कामको प्रशंसा गर्दै आगामी बजेटलाई कृषि तथा स्वास्थ्यमा प्राथमिकता दिन माग गरेका छन् ।
छलफललाई अझ तीव्र बनाएर सुझाव सङ्कलन गरी नीति तथा कार्यक्रम ल्याइने नगर प्रमुख सुवेदीले बताए । असार १० गते बेलबारीले नीति तथा कार्यक्रम ल्याउने बुझिएको छ ।